पाल्पामा सिद्धार्थ लोकमार्ग अवरुद्ध, बालिकाको मृत्यु
तानसेन । पाल्पा जिल्लाको डुम्रेस्थित सिद्धार्थ लोकमार्गमा माथिबाट खसेको पहिरोले सडक अबरुद्ध बनाएको छ ।
आइतबार बिहान साढे १० बजेको समयमा तानसेन नगरपालिका– ८ डुम्रेस्थित सिद्धार्थ लोकमार्गमा अविरल वर्षाको कारण सडकमाथिबाट आएको पहिरोले देवबहादुर सारुको २ तल्ले पक्की घरसहित पहिरोले बगाउँदा सिद्धार्थ लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको पाल्पा प्रहरीले जनाएको छ ।
यसैबीच, पाल्पाको तानसेन नगरपालिका–५ कैलाशनगरमा घरले च्यापेर एक जना बालिकाको मृत्यु भएको छ ।
आइतबार बिहान साढे २ बजे आफ्नै कच्ची घरमा सुतिरहेका बेला घर भत्किँदा १० वर्षीय नैना दर्जी घरले पुरिएर घाइते भएकी थिइन् ।
घाइते भएकी दर्जीलाई उपचारको लागि युनाईटेड मिसन अस्पताल लगिएको थियो । दर्जीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया