गगनद्वारा एमाले–माओवादीका नेता कार्यकर्तालाई कांग्रेसमा स्वागत, सिन्धुलीमा खुसीयाली
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री गगन थापाले सिन्धुली जिल्लाका एमाले–माओवादी केन्द्रका दुई सयभन्दा धेरै युवाहरूलाई कांग्रेसमा स्वागत गरेका छन् ।
नेपाली कांग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिले काठमाडौंको बत्तीसपुतलीस्थित श्रीखण्ड होटेलमा शनिबार आयोजना गरेको कार्यक्रममा सुनकोसी गाउँपालिकाका एमाले–माओवादी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।
सम्पर्क समितिका सभापति युवराज गुरुङका अनुसार एमाले र माओवादी केन्द्र परित्याग गरेर युवाहरू कांग्रेसमा प्रवेश गरेको जानकारी दिए ।
एमाले र माओवादीका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेपछि सिन्धुली जिल्ला कांग्रेसभित्र खुसीयाली छाएको छ ।
सुनकोशी गाउँपालिकाका इकाई समितिका सभापति चन्द्र श्रेष्ठ, युवा नेता अञ्जनी कोइरालालगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।


बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया