सर्वोच्चमा जोशीले लिए जिम्मेवारी, पराजुली चिन्तित
काठमाडौं । गोपाल पराजुली सचिवको पत्रसँगै अवकास हुन पुगेपछि कायम मुकायम प्रधानन्यायाधीशको हैसियतमा दीपकराज जोशीले इजलास तोकेका छन् ।
बिहीबारको इजलास कसले तोक्ने हो भनेर अन्यौल भइरहेका बेला जोशीले इजलास तोकेका हुन् । योसँगै जोशीले कार्यबाहक प्रधानन्यायाधीशको रुपमा काम अगाडि बढाएका छन् ।
सर्वोच्च अदालतको वेबसाइटमा राखिएको इजलाससम्बन्धी सूचनामा जोशीलाई कायममुकायम प्रधानन्यायाधीश भनिएको छ ।
उमेर विवादका कारण न्यायपरिषदका सचिवले बुधबार पराजुलीलाई पत्र दिएपछि प्रधानन्यायाधीश प्रकरणमा नयाँ मोड आएको थियो ।
Published : Thursday, 2018 March 15, 10:19 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत