गगनले भाँडभैलो गरेपछि पदको प्रवाह नगरी कांग्रेसबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षद्वारा पार्टी परित्याग

काठमाडौं । नेपाली कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका दानबहादुर बुढाको अध्यक्ष पद खोसिएको छ ।

जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष बुढालाई निर्वाचन आयोगले मंगलबार सूचना प्रकाशित गरेर पदमुक्त गरेको जनाएको छ ।

कांग्रेसबाट निर्वाचित बुढा रास्वपामा प्रवेश गरेका छन् । उनको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा नियमावली, २०७४ अनुसार दल त्याग गरेको आधारमा बुढाको पद रिक्त भएको सूचना जारी गरेको छ ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाल पनि पदमुक्त भएका छन् । उपाध्यक्ष खातुन र वडाध्यक्ष ढकाल दुबै जना नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले सम्बन्धित जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको जानकारी आयोगलाई दिएपछि आयोगको असार ८ गते बसेको बैठकले उनीहरूको पद रिक्त गर्ने निर्णय गरेको थियो ।

गगन थापाले भृकुटीमण्डपको भेलाबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेपछि पार्टीभित्र हजारौं नेता तथा कार्यकर्ताहरू निरास बनेका छन् । देशभरिका नेता तथा कार्यकर्ताहरूले कांग्रेस छाडेर विभिन्न राजनीतिक दलहरूमा प्रवेश गर्ने क्रम चलिरहेको छ ।

Published : Tuesday, 2026 June 23, 12:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया