यी हुन् ललितपुर कांग्रेसका युवाहरूको ढुकढुकी, सभापतिमा उम्मेदवार बन्न दवाव
लगनखेल । नेपाली कांग्रेसको १४औँ महाअधिवेशन नजिकिदै गर्दा ललितपुर जिल्लामा नेता कार्यकर्ताहरूका बीच चुनावी माहोल तात्दै गएको छ ।
युवा नेता एवम् खेलकुद विभागका सचिव मीनकृष्ण महर्जन ललितपुर कांग्रेसको सभापतिमा बलियो उम्मेदवारको रुपमा हेरिएको छ । महर्जनको लबिङमा ललितपुरका ३ वटै निर्वाचन क्षेत्रमा नेता तथा कार्यकर्ता परिचालन भएका छन् ।
ललितपुरमा क्षेत्रीय प्रतिनिधि १२ सय ३९ जना निर्वाचित भएर आउनेछन् । तीमध्य क्षेत्र नम्बर १ मा ५ सय ५६ जना, २ मा ३२५ जना र ३ मा ३५८ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ ।
क्षेत्र नम्बर १ को बढि भोट छ । महर्जन १ नम्बर क्षेत्र कै भएका कारण उनलाई बलियो उम्मेदवारको रुपमा लिने गरिएको छ ।
यस पटक १ नम्बर क्षेत्रका नेताहरू एकै ठाउँमा उभिने भएका छन् । १ नम्बर क्षेत्रले अहिलेसम्म जिल्ला सभापति पाउन सकेको छैन ।
नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर ३ प्रदेश (क) मीनकृष्ण महर्जन ललितपुर जिल्लाको लोकप्रिय युवा नेतामा परिचित छन् ।
‘मेरो बाल्यकालदेखि उहाँसँग मेरो संगत हो । यसमा लुकाउनुपर्ने छैन । उहाँले पार्टीको आन्दोलनमा हजारौं युवाहरू परिचालन गरेको यो आँखाले देखेको छु’, गोदावरी नगरपालिकाका सचिव युवा नेता दीपक लामाले भनेका छन् ।
‘यसमा म लगायत मेरा साथीभाई पनि उहाँकै निर्देशन हरेक आन्दोलनमा अहिलेसम्म सहभागी हुँदै आइरहेको छौं’, उनल भने, ‘क्षमता भएकै कारण युवाहरू उहाँको पक्षमा खुलेर लागेका छौं । उहाँमा पुराना नेतालाई सम्मान गर्ने कार्यकर्ताहरूलाई माया गर्ने क्षमता उहाँमा छ ।’
लामाले भने, ‘उहाँ एक समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते खेलाडी समेत हुनुहुन्थ्यो । त्यो समयदेखि नै उहाँसंग मेरो संगत हो’, सचिव लामाले भने, ‘०४६ सालको दोस्रो जनाअन्दोलन सफल पश्चात ललितपुर क्षेत्र नम्बर १ का नेता अहिलेसम्म जिल्ला सभापति हुन सकेको अवस्था छैन ।’
पार्टीको हरेक आन्दोलन वा कार्यक्रम होस् या क्षेत्र नम्वर १ का नेता तथा कार्यकर्ता ब्यापक परिचालन हुँदै आएका छन् । क्षेत्र नं. १ ले पार्टीको नेतृत्व गर्ने अबसर पाएको छैन ।
‘दायाँ–बायाँ कुरै छैन हामी तमाम युवाहरू टीम बनाएर मीनकृष्ण महर्जन जिताउ अभियान रातदिन लागि परेको छौँ’, लामाले भने, ‘जसले कार्यकर्ताको संरक्षण र पिरमर्का बुज्छ त्यहि नेता बन्छ ।’
‘वर्तमान अवस्थामा हाम्रो नजरले देखेको नेता मीनकृष्ण महर्जन नै हो । त्यसैले हामी मीनकृष्ण जिताउ अभियानमा लागि परेको छौं’, सचिव लामाले भने, ‘हाम्रो ठूलो संख्यामा टीम छ । त्यो समय आएपछि प्रस्तुत हुन्छ ।’
कोञ्ज्योसोम गाउँपालिका–३ वडाध्यक्ष तीर्थबहादुर घलानले भने, ‘हामी युवा नेता मीनकृष्ण महर्जनलाई जिल्ला सभापति बनाउने अभियानमा लागि परेका छौं । किनकि उहाँमा कार्यकर्ताहरूलाई संरक्षण गर्न सक्ने खुबी भएको नेता हो ।’
‘उहाँको काम गर्ने शैली मन परेर नै हामी उहाँको खुलेर प्रशंसा गर्छौ’, वडाध्यक्ष घलानले भनेका छन् ।
नेपाली कांग्रेस बागमती गाउँपालिका सचिव तरुण दलका जिल्ला सदस्य नारायण बोम्जनले मीनकृष्णले कार्यकर्तालाई आफ्नो परिवार सम्झेर सहयोग गर्ने गरेका कारण आफूहरूको सहयोग रहने बताए ।
‘हरेक कार्यकर्ताको सुखदुःखमा साथ दिने भएकै कारण कार्यकर्ताको चाहना पनि नेता महर्जनलाई जिल्ला सभापति बनाउने चाहना छ’, बोम्जनले भनेका छन् ।
ललितपुर क्षेत्र नम्बर २ का युवा नेता महालक्ष्मी नगरपालिका तरुण दल अध्यक्ष जय केसीले भने, ‘२०४६ सालको निरंकुश पञ्चायतविरुद्धको आन्दोलन होस् । २०६२–६३ सालको आन्दोलन होस् । प्रतिगमनबिरुद्ध आन्दोलन होस् । सबै आन्दोलनमा मीनकृष्ण महर्जनको कार्यकर्ता परिचालन गर्ने क्षमता भएकै कारण हामी तरुण युवाहरू उहाँको पक्षमा उभिएका छौँ ।’
नेता महर्जनले २०४६ सालको जनआन्दोलनना खेलाडीहरूको नेतृत्व गर्दै आन्दोलनमा होमिएका थिए । २०६२–६३ को लोकतान्त्रिक आन्दोलनमा कांग्रेसले काठमाडौं उपत्यका युवा परिचालन इञ्चार्जको जिम्मेवारी समेत दिएको थियो ।
युवा नेता महर्जनको पार्टीको आन्दोलनमा अहँम भूमिका रहने गरेको छ । महर्जन २०५७ सालदेखि लगातार १० वर्ष तरुण दल केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए ।
कांग्रेसको ११औँ क्षेत्रीय अधिवेशनमा अधिवेशन प्रतिनिधि १२औँ क्षेत्रीय अधिवेशनमा महासमिति सदस्य र १३औँ क्षेत्रीय अधिवेशमा ललितपुर कै सबैभन्दा बढि मत ल्याएर महासमिति सदस्य बनेका थिए ।
नेता महर्जन ११औँ, १२औँ र १३औँ कांग्रेसको जिल्ला अधिवेशनदेखि लगातर जिल्ला सदस्यको जिम्मेवारीमा पनि छन् ।
नेता महर्जन २०७४ सालको प्रदेश सभा निर्वाचनमा कांग्रेसका केही नेताहरूको अन्तर्घातका कारण झिनो मतले पराजित भएका थिए ।






बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया