कांग्रेस नेता बानियाँद्वारा मकवानपुरमा ३ सय परिवारलाई खाद्यान्न वितरण

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर कांग्रेसका सभापति इन्द्रबहादुर बानियाँले तीन सय परिवारलाई खाद्यान्न वितरण गरेका छन् ।

कोरोना महामारी र वर्षाका कारण समस्यामा परेका ३ सय परिवारलाई कांग्रेस नेता बानियाँले आइतबार खाद्यान्न वितरण गरेका हुन् ।

नेता बानियाँले कोरोना महामारीका बेला अति बिन्न जनता भोकै हुँदा पनि सरकारले समस्या समाधानमा ध्यान नदिएको भन्दै चिन्ता जनाए ।

उनले मकवानपुरका जनतालाई समस्या पर्दा आफूले जुनसुकै बेला सहयोग गर्न तयार रहेको बताएका छन् ।

हेटौंडा उप–महानगरपालिका–१५ को चिप्लेडीका १५० र कमाने भोर्लेका १५० गरि ३०० अति विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराएको नेता बानियाँका स्वकीय सचिव मिलन पुडासैनीले जानकारी दिए ।

कांग्रेस नेता बानियाँले प्रतिपरिवार एक बोरा चामल र १ पोका नुनका उपलब्ध गराएका हुन् ।

खाद्यान्न वितरण कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णु लामिछाने, नगर सभापति आनन्दराम पराजुली, वडाध्यक्ष महारत्न लामा, नेपाली कांग्रेसस हेटौंडा– १५ का कार्यबाहक सभापति नवराज घलान, स्थानीय नेता गणेश ब्लोन, मीना लामा, कप लामा, हर्क लामा, रोहित श्रेष्ठ लगायतका नेताहरूको उपस्थिति थियो ।

Published : Sunday, 2021 July 4, 5:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया