ओली सरकारको कर्तुतहरू बाहिर ल्याएर नङग्याएका असल सम्पादकले नयाँ पत्रिका छाडे
काठमाडौं । नयाँ पत्रिका दैनिकका सम्पादक उमेश चौहानले पदबाट राजीनामा दिएका छन् ।
नयाँ पत्रिका दैनिकको व्यवस्थापनले सम्पादक चौहानको राजीनामा पनि स्वीकृत गरेको छ । चौहानलाई पत्रिकाका प्रकाशक कृष्णज्वाला देवकोटाले शनिबार विदाइ समेत गरेका छन् ।
लामो समयसम्म नयाँ पत्रिका दैनिकमा रहेर काम गरेका चौहान असल पत्रकार मानिन्छन् । सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका चौहानले प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारको कालाकर्तुतहरूलाई तथ्यसहित समाचार बाहिर ल्याइदिएका थिए ।
ओली सरकारको भ्रष्टाचार र एकपछि अर्को काण्डहरू चौहानले नै हिम्मत गरेर बाहिर ल्याइदिएका थिए । चौहानको लेखाइबाट ओली सरकारलाई सबैभन्दा ठूलो टाउको दुखाइ भएको थियो ।
चौहानले जहिले पनि नयाँ पत्रिका दैनिकमा जनताका सानाभन्दा साना विषयलाई स्थान दिएका थिए । उनले दलितमाथिको अन्याय होस् वा सरकारविरुद्धका भ्रष्टाचारका काण्ड हुन् सबै विषयमा कडारुपमा समाचारहरू बाहिर ल्याएका थिए ।
नयाँ पत्रिका दैनिक छाडेका चौहानले अर्को सञ्चारगृहमा सम्पादक भएर जाने चर्चा चलेको छ । चौहान कान्तिपुर दैनिकको सम्पादक हुने हल्ला पनि चलेको छ । तर, चौहानले केही भनेका छैनन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया