युवा नेता मल्लद्वारा पर्वत कांग्रेसको पार्टी कार्यालय बनाउन साढे ५ लाख प्रदान
कुश्मा । नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय वीपी स्मृति भवन निर्माणका लागि युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले ५ लाख ५५ हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् ।
पर्वत कांग्रेसको कोषाध्यक्ष समेत रहेका मल्लले पार्टी कार्यालयको भवन बनाउन व्यक्तिगत रुपमा रकम प्रदान गरेका हुन् ।
कुश्मामा शुक्रबार पार्टीको बैठकका क्रममा युवा नेता मल्लले भवन निर्माण समितिका संयोजक एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलाई रकम हस्तान्तरण गरेका थिए ।
यसअघि जलजला गाउँपालिकाको तर्फबाट मल्लकै सक्रियतामा २० लाख रुपियाँ वीपी स्मृति भवनका लागि रकम विनियोजन गरेर सहयोग प्रदान गरिएको थियो ।
कोरोना महामारीका बेला समस्यामा परेका जनतालाई आर्थिक सहयोगदेखि खाद्यान्न, स्वास्थ्य सामग्री आदि सहयोग गर्दै आएका कांग्रेसका नेता मल्ल पर्वत कांग्रेसभित्र लोकप्रिय मानिन्छन् ।
नेता मल्ल सर्वसाधारण होस् वा पार्टीको काममा सधैँ अगाडि आएर सहयोग गर्ने गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया