‘एनआरएन द सिंगर’ कार्यक्रममा भएको घटनाप्रति आयोजकद्वारा दुःख व्यक्त
काठमाडौं । एनआरएनएअन्तर्गतको संस्कृति तथा सम्पदा उपसमितिले गत आइतबार आयोजित ‘एनआरएन द सिंगर’ कार्यक्रमको उद्घाटन तथा प्रेस मिटमा भएको एक अनपेक्षित घटनाप्रति दुःख व्यक्त गरेको छ ।
कार्यक्रमबारे जानकारी गराउन राखिएको प्रेस मिटमा ‘एनआरएन द सिङ्गर’ मूल आयोजक समितिअन्तर्गतको प्रचार–प्रसार विभागकी सहध्यक्षबाट सहजीकरणको भूमिका निर्वाह भएको थियो ।
कार्यक्रम संचालन गर्ने क्रममा प्रस्तोता र एकजना प्रश्नकर्तावीचमा सम्बोधनको बिषयलाई लिएर विवाद उत्पन्न भयो । तत्क्षणमै आयोजकका तर्फबाट संचालकले प्रयोग गरेको शाब्दिक असावधानीप्रति क्षमायाचना गरियो । त्यसपछि प्रश्नकर्ता पत्रकारबाट प्रयोग भएका शब्दहरू सभ्यसमाजको नै मानमर्दन हुने प्रकारले प्रस्तुत हुनु खेदपूर्ण भयो ।
‘त्यहाँ प्रयोग भएका वाक्यहरूले दुवैजनाको आत्मसम्मानमा पर्न गएको चोटप्रति आयोजक समिति पुनः दुख प्रकट गर्दछ’, वक्तव्यमा भनिएको छ ।
‘उक्त घटना पश्चात दुबै पक्षसँग सम्पर्क गर्दा दुबै पक्षबाट आत्मालोचना गरी त्यस्तो अवस्थाप्रति खेद प्रकट गर्नु भएको व्यहोरा जानकारी गराउँदछौं’, ‘‘एनआरएन द सिंगर’ मूल आयोजक समिति तथा एनआरएनएको संस्कृति तथा सम्पदा उप–समितिका संयोजक गोविन्दप्रसाद गौतमले भने ।
उनले भने, ‘मूल आयोजक समितिको तर्फबाट हामी उक्त अप्रत्याशित घटनाप्रति दुःख व्यक्त गर्दछौं ।’
मूल आयोजक समितिले उद्घाटन, प्रेस मिट तथा प्रि अडिशन कार्यक्रममा सहभागी सबै पाहुना, संसारभरिबाट जोडिएका एनआरएनए पदाधिकारीहरू तथा पत्रकारहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
समितिले आगामी दिनहरूमा यस्तो अवस्था आउन नदिन सचेत रहने प्रतिबद्धता पनि ब्यक्त गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया