ओलीको ‘जोडजुलुम’ कांग्रेसले फेल गराइदिने, बालुवाटारवाला एमालेलाई तनाब
काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने सूचना संघीय संसद् सचिवालयमा दर्ता गराएको छ ।
राष्ट्रिय सभा कांग्रेस संसदीय दलले शुक्रबार अध्यादेश अस्वीकार गर्ने सूचना पेश गरेको हो ।
कामचलाउ कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले जथाभावी रुपमा देश चलाउन अध्यादेशहरू ल्याएको भन्दै कांग्रेसले विरोध गरेको छ । ती अध्यादेशहरू स्वीकृत गराउन ओलीले जोडजुलुम गर्दै आएका छन् ।
संसदमा विधेयक ल्याएर विचाराधीन हुँदाहुँदै अध्यादेशमार्फत कानून ल्याउँदा संसदीय अभ्यास र मर्यादाविपरीत हुने भन्दै अध्यादेश अस्वीकार गर्ने कांग्रेसले नीति लिएको छ । त्यसका आठ कारण पनि पेस गरेको छ ।
१. नेपालको संविधानको मर्म र भावना विपरित, २. पृथकीकरणको सिद्धान्त विपरित, ३. संसदीय मान्यता र भावना विपरीत, ४. संसद छलेर ल्याइएको अध्यादेश, ५. असमसामयिक एवं असान्दर्भिक, ६. सर्वोच्च अदालतले अन्तरिम आदेश मार्फत कामकारवाही रोकेको विषय संसदमा विचाराधीन हुँदाहुँदै अध्यादेशमार्फत ल्याउँदा संसदीय अभ्यास र मर्यादा विपरित, ७. कर निर्धारण लगायत आर्थिक सम्बन्धी विषयहरू र विनियोजन सम्बन्धी विषयहरू जनप्रतिनिधिहरूको थलो संसदमा छलफल गरेर अघि बढाउनुपर्नेमा प्रतिनिधि सभा विघटन गरी ल्याएको अध्यादेश भएकोले, ८. कतिपय विधेयकहरू संसदमा विचाराधीन हुँदाहुँदै अध्यादेश मार्फत ल्याउँदा संसदीय अभ्यास र मर्यादा विपरित भएको भन्दै कांग्रेसले विरोधको सूचना दर्ता गराएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया