यी चार जना सह–सचिवहरूको सचिवमा बढुवा

काठमाडौं । कामचलाउ कम्युनिस्ट सरकारले चार जना सह–सचिवलाई सचिवमा बढुवा गरेको छ ।

बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले डा.दामोदर रेग्मी, गणेशप्रसाद पाण्डे, डा.कृष्णप्रसाद आचार्य र प्रमिला बज्राचार्य सचिवमा बढुवा गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

डा.दामोदर रेग्मी र गणेशप्रसाद पाण्डे प्रशासनतर्फ तथा डा.कृष्णप्रसाद आचार्य र प्रमिला बज्राचार्य प्राविधिकतर्फबाट सचिवमा बढुवा भएका हुन् ।

सचिव बढुवा सिफारिस समितिले प्रशासनतर्फबाट बढुवा गर्न पाण्डेसँगै मधुसुदन बुर्लाकोटी र कृष्णहरि पुष्करलाई पनि सिफारिस गरेको थियो ।

सिफारिस समितिले कृषि तथा वनसेवातर्फ रिक्त रहेको एक सचिव पदका लागि वरिष्ठ सहसचिव डा. कृष्णप्रसाद आचार्यसहित निरु दाहाल पाण्डे र दीपक खरालको नाम पनि सिफारिस गरेको थियो । सह–सचिवद्वय सुशीलचन्द्र तिवारी र गोविन्द सिग्देल पनि सिफारिसमा परेका थिए । तर, बढुवा हुन पाएनन् ।

Published : Friday, 2021 July 2, 10:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया