काठमाडौंका कम्युनिस्ट मेयर शाक्यको सातो लिएको यो चित्र, कांग्रेस बोल्न बाध्य भयो
काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंको पर्खालमा बनाइएको चित्र नष्ट गरिएको भन्दै विरोध जनाएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरेर महामारीमा फ्रन्टलाइनमा संघर्षरत योद्धाहरूको कदर गर्दै बनाइएका चित्रकलालाई काठमाडौं महानगरपालिकाले नष्ट गरेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले भने, ‘महामारीमा फ्रन्टलाइनमा संघर्षरत योद्धाहरूको कदर गर्दै कसैले पनि कुनै पनि तरिकाले सम्मान प्रकट गर्दा त्यसलाई सह्राहना गरिनुपर्दछ । त्यस विपरीतको ब्यवहार निन्दनीय हुन्छ ।’
‘कलाकारहरू सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले फ्रन्टलाईनमा जुधिरहेका स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, पत्रकार र शव व्यवस्थापनमा खटिएका योद्धाहरूको सामूहिक चित्र दुई साताअघि काठमाडौंको एक पर्खालमा निर्माण गरेका थिए’, शर्माले भने ।
‘युवा डुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा एक साता लगाएर निर्माण गरिएको चित्रलाई एकाएक नष्ट गरिनुबाट कला र कलाकारको समेत अपमान भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
‘अनेकौं समाचारको भिडमा महानगरलाई यो सामान्य लागेको हुनसक्छ’, उनले भने, ‘लिखित अनुमति लिएर, फ्रन्टलाईनमा जुधिरहेकाको सम्मानमा चित्र बनाउँदा बधाई होइन अपमान गरिनु सभ्य र सु–संस्कृत समाज अनुरुपको ब्यवहार किमार्थ हुन सक्दैन ।’
उनले भने, ‘काठमाडौंको अनेक स्थानमा थुप्रीएका फोहोरले होइन त्यो चित्रले शहरको सौन्दर्यमा असर गरेको थियो ? महानगर स्वयंले चित्र निर्माण गर्ने योजना हो त के त्यो एउटा चित्रले शहरका सबै पर्खाल ओगटेको थियो ? यस्तो आवेगयुक्त र अपमानजनक ब्यवहारबाट नकारात्मक सन्देश प्रवाह गरिनु कति न्यायोचित छ ?’
काठमाडौं महानगरपालिकाका मेयर एवम् एमालेका नेता विद्यासुन्दर शाक्यको निर्देशनमा रत्नपार्कस्थित आकाशे पुलमा बनाइएको चित्र नगर प्रहरी प्रयोग गरेर मेटाइएको थियो ।
युवाहरूले बनाएको चित्र मेटाएर मेयर शाक्य चित्रसित समेत डराएको भनेर चर्चा भएको छ ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया