कांग्रेसको बैठक अचानक स्थगित, यस्तो छ कारण

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक अचानक स्थगित भएको छ ।

क्रियाशील सदस्यता वितरणसम्बन्धी विषयमा छलफल गर्नका लागि सभापति शेरबहादुर देउवाले बैठक बोलाएका थिए । तयारी नपुगेको भन्दै बैठक स्थगित भएको सह–महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा क्रियाशील सदस्यता वितरणका विषयमा देखिएको विवादमा छलफल केन्द्रित गर्ने भनिएको थियो ।

Published : Thursday, 2021 July 1, 2:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया