देउवाद्वारा ओलीको भण्डाफोर, बालुवाटार निकटका एमालेहरूलाई तनाब
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले न्यायाधीशहरूलाई अनावश्यक धम्की दिएको आरोप लगाएका छन् ।
काठमाडौंमा बुधबार नागरिक समाजका प्रतिनिधिहरूसँग ओलीको धम्कीबाट कुनै न्यायाधीश नडराउने बताए । उनले न्यायाधीशहरूबाट निष्पक्ष फैसला आउने बताए ।
‘अदालतका न्यायाधीशहरू पनि प्रधानमन्त्रीको धम्कीबाट डराउने हो भने के होला देश ?’, सभापति देउवाले भनेका छन् ।
उनले निर्वाचित कार्यकारीले सत्ताको दुरुपयोग गर्ने, तानाशाही प्रवृत्ति देखाउन सक्ने, तर स्वतन्त्र न्यायालयका आगाडि कसैको केही नलाग्ने बताएका छन् ।
‘मलाई विश्वास छ, ओलीको धम्कीबाट कोही पनि न्यायाधीश डराउने वाला छैनन्’, उनले भनेका छन् ।
कांग्रेसका सभापति देउवाले कमिसनकै कारण कोरोना खोप आउन नसकेको बताए । देउवाले कडा टिप्पणए गर्दै भने– प्रधानमन्त्री केपी ओलीले ‘म भ्रष्टाचार पनि गर्दिनँ, गर्न पनि दिन्नँ’ भने पनि निवर्तमान स्वास्थ्यमन्त्रीले नै कमिसनका कारण खोप आउन नसकेको भनिसकेका छन् ।
‘म दोष त दिन चाहन्नँ’, उनले भने, ‘प्रधानमन्त्रीको इच्छा विपरित कसरी कमिसन खायो होला ?’
सभापति देउवाको यो आरोपले बालुवाटार निकटका एमालेका नेता कार्यकर्तालाई तनाब बढाइदिएको छ । देउवाले ओलीमाथि पछिल्लो समय कठोर अभिव्यक्ति दिँदै आएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया