ओली सरकार र शैक्षिक माफियाविरुद्ध विद्यार्थीको आन्दोलन घोषणा
काठमाडौं । नेपाल विद्यार्थी संघसहितका विपक्षी विद्यार्थी संगठनहरूले देशव्यापी संघर्षका कार्यक्रम गर्ने निर्णय गरेका छन् ।
काठमाडौंमा सोमबार बसेको संयुक्त बैठकले लकडाउन अवधिको शुल्क मिनाहा लगायतका माग राख्दै सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको नेविसंघका अध्यक्ष राजिव ढुंगानाले जानकारी दिए ।
उनले असार १६, १७, १८ र १९ गते मशाल जुलुशसहित देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
मंगलबार त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डमा घेराउ गर्ने लगायतका निर्णय विद्यार्थी संगठनहरूले गरेका छन् ।
नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले सरकारविरुद्ध संयुक्त विरोध कार्यक्रम गर्दै आएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया