निकम्मा कम्युनिस्ट सरकारको वहिर्गमन पहिलो सर्तः डा.महत
काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् कोभिड–१९ अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले महामारीको समयमा भ्रष्टाचारमा लिप्त सरकारलाई पाप लाग्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले अहिलेको सरकारबाट केही पनि आशा गर्ने ठाउँ नभएको बताए । उनले अहिलेको कम्युनिस्ट कामचालउ सरकारको वहिर्गमन नै पहिलो शर्त भएको बताएका छन् ।
डा.महतले भनेका छन्, ‘सरकार कुरा गर्छ, काम गर्दैन तर बहुमतप्राप्त गरेको दिनदेखि जनताको सेवाभन्दा आफ्नो सेवामा लागेको छ ।’
नेपाली कांग्रेस केन्द्रीय उद्योग व्यापार विभागका प्रमुख चिनकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र चलयमान गराउनका लागि व्यवसायीका माग सम्बोधन गर्ने विषयमा कांग्रेसले दबाब दिने बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया