ओली समूहद्वारा नेपाल समर्थक तीन सांसदलाई कारबाही
वीरेन्द्रनगर । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली समूहले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका कर्णाली प्रदेशका तीन जना सांसदलाई निलम्बन गरेको छ ।
एमालेले संसदीय दलको पत्रका आधारमा सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महिनाका निलम्बलन गरेको हो ।
एमाले संसदीय दलको पत्रका आधारमा कर्णाली प्रदेशसभा सचिवालयले एक महिनाका लागि उनीहरूलाई निलम्बलन गरेको संसद् सचिवालयले जनाएको छ ।
थापा, शाही र बुढाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।
मुख्यमन्त्री शाहीलाई विश्वास मत दिएका थापा भौतिक पूर्वाधारमन्त्री, शाही भूमि, कृषि तथा सहकारीमन्त्री र थापा, उद्योग वन तथा वातावरणमन्त्री रहेका छन् ।
कर्णाली प्रदेश सरकारले बजेट ल्याएको भए पनि एमालेले आफ्ना मन्त्री सरकारबाट फिर्ता हुनुपर्ने माग राख्दै ११ दिनदेखि संसद् अवरुद्ध पार्दै आएको छ ।
यसअघि पनि थापा, शाही र बुढालाई एमालेले सांसद् पदबाट निलम्बित गरेको थियो । निलम्बित भएका तीनै जनालाई सर्वोच्च अदालतले पुनर्बहाली गरेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया