कांग्रेसद्वारा ३३ जिल्लाको ६५ स्थानका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक
काठमाडौं । नेपाली कांग्रेसले ३३ जिल्लाका ६५ स्थानका क्रियाशील सदस्यहरूको नयाँ र नवीकरणको नामावली सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको जेठ २९ को बैठकको निर्णयानुसार, पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्र अनुसारको प्रक्रिया पु¥याई विवाद रहित तरिकाले क्रियाशील सदस्यतासम्बन्धी कार्य सम्पन्न गरेर सार्वजनिक गरिएको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप ३३ जिल्लाका ६५ स्थानको नामावली सम्बन्धित सरोकारवालाको जानकारीका लागि, नेपाली कांग्रेसको आधिकारिक वेवसाइटमा सार्वजनिक गरिएको छ ।
कांग्रेसले यसअघि १०१ स्थानको सार्वजनिक गरी सकेको छ ।
सोमबार सार्वजनिक गरिएका र यसअघि सार्वजनिक गरिएका नामावली उपर कुनै उजुरी, गुनासा वा सुझाव भएमा यस समितिको नाममा पार्टीको इमेल ठेगानामार्फत सम्बन्धित पार्टी निकाय वा व्यक्तिले असार ६ गतेभित्र स–प्रमाण लिखित उजुरी, गुनासो पठाउन सक्ने विज्ञप्तिमा उल्लेख छ ।
असार ६ पछि प्राप्त भएका उजुरी उपर कुनै सुनुवाई नहुने कांग्रेसले जनाएको छ ।
सार्वजनिक गरिएका प्रस्तावित नामावलीमा कुनै त्रुटि भएको भए वा छुट भएको भए नयाँ सदस्यता तर्फ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले र नवीकरण तर्फको जिल्ला कार्यसमितिले स्पष्ट आधार र प्रमाण सहित त्रुटि सच्याइदिनका लागि वा नाम समावेश गरिदिनका लागि असार ६ गतेभित्र नै लेखि पठाउनु पर्नेछ ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया