लुभुमा उद्योग वाणिज्य संघको पहलमा रक्तदान
लुभु । ललितपुर जिल्लास्थित महालक्ष्मी नगर उद्योग वाणिज्य संघले रक्तदान कार्यक्रम गरेको छ ।
संघ र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा शनिबार रक्तदान गरिएको संघका अध्यक्ष नवीन्द्रदेव सिंहले जानकारी दिए ।
कोरोना महामारीका बेला पनि ५४ जना रक्तदाताले रक्तदान गरेको अध्यक्ष सिंहले बताए ।
कोरोना महामारीका बेला उपचारमा रगत अभाव नहोस् भनेर संघले रक्तदान कार्यक्रम राखेको अध्यक्ष सिंहले बताए ।
‘हाम्रो पनि सामाजिक दायित्व छ’, सिंहले भने, ‘कोरोना महामारीका बेला बिरामीको उपचारमा रगत अभाव हुन सक्छ । रगत अभाव नहोस् भनेर हामीले रक्तदान गरेका छौँ ।’
अध्यक्ष सिंहले उद्योगी, व्यवसायीहरूले कोरोना महामारीका बेला कोरोना रोकथाम र उपचारमा सहयोग गर्दै आएको समेत स्मरण गरेका छन् । उनले स्वास्थ्य मापदण्ड अपनाउन पनि अनुरोध गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया