भारतीय राजदूतसँग ओलीका यी मन्त्रीको भेटावार्ता
काठमाडौं । कामचलाउ कम्युनिस्ट सरकारका उप–प्रधान एवम् परराष्ट्रमन्त्री रघुवीर महासेठले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका छन् ।
बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा महासेठ र क्वात्राबीच भेटवार्ता भएको हो । भेटमा नेपाल–भारतबीचको सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ ।
एक वर्ष अगाडि भौतिक मन्त्रालयको जिम्मेवारी राम्रोसँग सम्हाल्न नसकेको भनेर प्रधानमन्त्री खड्गप्रसाद ओलीले महासेठलाई मन्त्रीबाट हटाएका थिए ।
ओलीले अहिले आएर महासेठलाई उप–प्रधान र परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएका छन् । आफैले मन्त्रीबाट हटाएका महासेठलाई अहिले आएर ओलीले कसरी सक्षम देखेर मन्त्रीमा बढुवा गरेर जिम्मेवारी दिएका हुन् चर्चाको विषय बनेको छ ।
यसअघि, महासेठकी पत्नी जुली महतो महिला बालबालिका मन्त्री बनेकी थिइन् । पतिको मन्त्री फुत्किनेवित्तिकै जुली मन्त्री बनिन् । जुलीको मन्त्री फुत्किनेवित्तिकै महासेठ मन्त्री बनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया