तरुण दलद्वारा चितवनका एक सय परिवार चेपाङलाई खाद्यान्न सहयोग
भरतपुर । नेपाल तरुण दल चितवनका पूर्व अध्यक्ष एवम् नेपाली जनसम्पर्क समिति क्यानाडाका सभापति उदय दुरासहितका नेता र समाजसेवीले चितनवका अति विपन्न चेपाङ समुदायलाई खाद्यान्न सहयोग गरेका छन् ।
मंगलबार कांग्रेसका नेताहरूले चेपाङ बस्तीमा पुगेर एक सय परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् । कोरोना महामारी र निषेधाज्ञाका कारण समस्यामा परेका चेपाङ समुदालाई कांग्रेसका नेताहरूले गाउँमै पुगेर सहयोग गरेका हुन् ।
नेपाली कांग्रेस चितवनका महासमिति सदस्य राजेश्वर खनालको समन्वयन र नेपाल तरुण दल कालिका नगर समितिको संयोजनमा कालिका– १० र ११ का १०० घर अति बिपन्न चेपाङ समुदायलाई खाद्यान्न सहयोग गरिएको हो ।
चितवन कांग्रेसका नेता राजेश्वर खनालले कोरोना महामारीका बेला समस्यामा परेका चेपाङ समुदायलाई साथीभाइहरूको पहलमा सहयोग गरेको बताएका छन् ।
‘हामीले सक्ने सहयोग गरेका छौँ । हाम्रो सहयोग थोरै र सानो हुन सक्छ । महामारीका बेला सहयोग गर्नु हाम्रो दायित्व हो’, उनले भने, ‘क्यानडामा बस्ने तरुण दल चितवनका पूर्व अध्यक्ष एवम् नेपाली जनसम्पर्क समिति क्यानाडाका सभापति उदय दुरासहितका साथीहरूले सहयोग गर्नुभएको छ । धन्यावाद ।’






बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया