राजेन्द्र महतोलाई कुर्सीबाट गलहत्याउन माग, काठमाडौंमा प्रहरीको ठूलो धरपकड
काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको कामचलाउ कम्युनिस्ट सरकारका उप–प्रधान एवम् शहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको विरोधमा युवा विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।
काठमाडौंमा शनिबार महतोविरुद्ध नारावाजी गर्दै पुत्ला समेत जलाइएको छ । युवा विद्यार्थीले महतोलाई बर्खास्त गरेर कारबाही गर्न माग गरेर प्रदर्शन भएको हो । प्रदर्शकारीले महतोलाई मन्त्रीको कुर्सीबाट गलहत्याएर निकाल्न पनि माग गरेका छन् ।
प्रदर्शनका क्रममा प्रहरीले केही युवा विद्यार्थीलाई पक्राउ समेत गरेको छ । प्रदर्शकारी युवा विद्यार्थी र प्रहरीबीच केही समय धक्कामुक्का समेत भएको छ । युवा विद्यार्थीले महतोलाई कारबाही गर्न माग गर्दै महतो र ओलीविरुद्ध नावाराजी गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
महतोले संविधान विपरितको अभिव्यक्ति दिँदै बहुल राष्ट्रिय राज्य बनाउने एजेण्डा बोकेर सरकारमा सहभागी भएको बताएपछि विरोध शुरु भएको छ ।



बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया