एमालेका १५ स्थायी कमिटी सदस्यद्वारा ‘महतो काण्ड’बारे ओलीसँग स्पष्टीकरण माग, बालुवाटार डरले थुरुरु
काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री खड्गप्रसाद ओलीको कामचलाउ सरकारका उप–प्रधान एवम् शहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको विरोध गरेको छ ।
एमालेका १५ जना स्थायी कमिटी सदस्यहरूले शनिबार संयुक्त विज्ञप्ति जारी गरेर उप–प्रधानमन्त्री महतोको संविधान विरोधी अभिव्यक्तिका बारेमा ओलीसँग जवाफ माग गरेका हुन् ।
‘प्रधानमन्त्री खड्गप्रसाद ओलीबाट उप–प्रधानमन्त्री पदमा नियुक्त राजेन्द्र महतोले सरकारमा जानासाथ विगतमा टुंगो लागिसकेको तथा संविधान सभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहो¥याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरि राष्ट्रिय हित र अखण्डता विरोधी अव्यक्ति दिनु निन्दनीय छ’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।
‘यस्तो अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धि आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्थाको विरुद्धमा छ’, एमालेका स्थायी कमिटी सदस्यहरूको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
‘यो कुनैपनि देशभक्त नेपालीलाई स्वीकार्य हुन सक्दैन’, विज्ञप्तिमा भनिएको छ, ‘उप–प्रधानमन्त्रीको संविधान विरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री खड्गप्रसाद ओलीबाट स्पष्ट गर्न माग गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त विज्ञप्ति जारी गरेर राजेन्द्र महतो काण्डबारे जवाफ ओलीसँग माग्नेहरूमा झलनाथ खनाल, माधव नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमाल रहेका छन् ।
शुक्रबार राति ओलीसामु शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले महतोलाई उप–प्रधान एवम् शहरी विकास मन्त्रीमा शपथ गराएकी थिइन् ।
शपथ गरेर सिंहदरबारमा मन्त्री पदको कार्यभार सम्हाल्नेवित्तिकै महतोले बहुल राष्ट्रिय राज्य बनाउने भनेर विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्तिलाई देश टुक्र्याउने अभिव्यक्तिका रुपमा आएको भन्दै आलोचना भइरहेको छ ।
महतोको संविधान र देशविरुद्धको अभिव्यक्ति आउँदा समेत प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष ओलीको कुनै प्रतिक्रिया आएको छैन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया