ओली समूह पनि सत्तापक्षकै बेन्चमा देखियो
धनगढी । एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहराले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशनको दोस्रो बैठकमा बोल्दै प्रदेश सभा सदस्य बोहराले नेकपा एमालले प्रदेश सरकारबाट समर्थन फिर्ता लिइसकेको हुनाले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका हुन् ।
बजेट अधिवेशनको दोस्रो बैठकको सुरुवातमै बोल्दै बोहराले सरकार अल्पमतमा परेकाले मुख्यमन्त्रीले राजीनामा दिएर सरकार गठनको बाटो खोल्नुपर्ने बताए ।
एमाले (ओली समूह)का प्रदेश सभा सदस्य बोहराले राष्ट्रिय राजनीतिबाट सुदूरपश्चिम प्रदेश पनि अछुतो नरहेको बताए ।
शुक्रबारको बैठकमा एमालेलाई सत्तापक्षकै बेन्चमा बसाइएको थियो ।
जेठ १० गते बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
केन्द्रको निर्देशनविपरीत नेपाल पक्षको बहुमत भएको सुदूरपश्चिममा माओवादी सरकारबाट नबाहिरीने संसदीय दलले निर्णय गरेको थियो ।
सुदूरपश्चिम प्रदेश सभामा एमालेका सभामुखबाहेक २४ जना प्रदेश सभा सदस्य छन् त्यसमा ओली पक्षका ६ र नेपाल पक्षका १८ जना रहेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया