प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त
काठमाडौं । सरकारले नेपाल प्रेस काउन्सिलको अध्यक्षमा वरिष्ठ पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेको स्रोतले जनाएको छ । बस्नेतलाई सरकारले सर्वोच्च अदालतको न्यायाधीश सरहको सेवा सुविधा दिने गरेर नियुक्त गरेको हो ।
कान्तिपुर दैनिक लगायत विभिन्न सञ्चारमाध्यममा पत्रकारिता गरेका अध्यक्ष बस्नेतले ‘खुलानेपाल डटकम’ नामक अनलाइन सञ्चालनमा ल्याएका थिए ।
दोलखा जिल्ला स्थायी घर भएका पत्रकार बस्नेत हाल भक्तपुर जिल्लामा बस्दै आएका छन् । उनलाई प्रेस काउन्सिल नेपालमा ४ वर्षका लागि अध्यक्षमा नियुक्त गरिएको स्रोतको भनाइ छ ।
बस्नेत नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पनि हुन् । उनी कानून व्यवसायी समेत हुन् ।
पत्रकारहरूका बीच बस्नेत लोकप्रिय छन् । उनी अहिलेसम्म विवादमा परेका छैनन् । पत्रकारहरूको हकहितमा शुरुदेखि आफूलाई दुई कदम अगाडि राख्दै आएका बस्नेतको त्यही लगन र ईमान्दारिताको सम्मानमा सरकारले बस्नेतलाई प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया