जनतालाई ऋणमा डुबाएर एमालेका कार्यकर्ता मोटो बनाउने बजेटः कांग्रेस नेता शाह
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् विघटित प्रतिनिधि सभाका सांसद अभिषेकप्रताम शाहले जनतालाई झुक्काउने बजेट ल्याएको भन्दै विरोध गरेका छन् ।
कांग्रेसका युवा नेता शाहले जनतालाई झुक्काउने कार्यक्रम राखेको भन्दै यस्तो बजेटले एमालेका कार्यकर्तालाई फाइदा पुगे पनि देश र जनतालाई बेफाइदा हुने बताए । उनले भने, ‘बजेट भनेको देश र जनताको हितमा हुने गरेर ल्याउनुपर्छ । एमालेका कार्यकर्ता पोसाउनका लागि बजेट बनाइनु हुँदैन ।’
बजेटलाई एमालेले वितरणमुखी बनाएको भन्दै कांग्रेस नेता शाहले चिन्ता जनाएका छन् । उनले गत वर्षको बजेट कति कार्यान्वयन भयो भनेर समीक्षा गर्नुपर्ने पनि बताएका छन् ।
‘प्रत्येक वर्ष सरकारले नयाँ बजेट प्रस्तुत गर्छ’, उनले भने, ‘जनतालाई लुभावने खाले योजनाहरू घोषणा हुन्छ । जनता काति लाभान्वित भयो त्यसको पनि विश्लेषण हुनै पर्छ ।’
प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा करोडौं बजेट गत वर्ष समाप्त भएको थियो । त्यसबाट जनतालाई कुनै लाभ हुन सकेन । एमालेका कार्यकर्तालाई मात्रै त्यसको फाइदा भएको थियो । अहिले पनि त्यस्तै खालका कार्यक्रम राखिएका छन् ।
ऋणमा जनतालाई डुबाएर ल्याइएको यो बजेटले देशलाई बरबाद बनाउने कांग्रेस नेता शाहले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया