देउवाले माग गर्दा एमालेका नेताहरूको सातोपुत्लो उड्यो, ओलीलाई ठूलो दवाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेरी अस्पताल बाँकेका डाक्टर र नर्समाथि कुटपिट गर्नेलाई कारवाहीको माग गरेका छन् ।

शुक्रबार बिहान सभापति देउवाले ट्वीट गर्दै अस्पतालका डाक्टर र नर्समाथि आक्रमण हुनु निकै निन्दनीय भएको बताएका छन् ।

‘नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरूमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो’, देउवाले भने, ‘यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरू बिरामीको उपचारमा दिनरात खटेका छन् ।’

कांग्रेस सभापति देउवाले भेरी अस्पतालमा घएको कुटपिटको घटनाको तत्काल छानविन गर्न माग पनि गरेका छन् ।

उनले भने, ‘स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु ।’

घटनामा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बेलुकी आफन्तको मृत्युपछि डाक्टर र नर्समाथि ४/५ जनाको समूहले कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए ।

एमालेका नेता मानबहादुर रावतका दाई तुलसीपुर उपमहानगर ११ का ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा मृत्यु भएको थियो ।

उनीहरूले आइसियू कक्षमै डाक्टर र नर्समाथि आक्रमण गरेका थिए ।

आक्रमणबाट डा.दीपक गुप्ता, डा.चन्द्रप्रकाश साहु, डा.समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको छ ।

एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीका नेताले डाक्टर र नर्स कुटेपछि विपक्षी दलका नेता देउवाले छानविनको माग गरेका छन् । देउवाको मागले ओलीलाई दवाव परेको छ ।

Published : Friday, 2021 May 28, 11:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया