ओलीको गृहजिल्लामा तरुणको शानदार प्रदर्शन, प्रतिगामीहरूलाई तह लगाउने घोषणा
भक्तपुर । नेपाल तरुण दल भक्तपुरले संसद विघटन गर्ने प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय प्रतिगामी भएको भन्दै विरोध प्रदर्शन गरेको छ ।
तरुण दलका अध्यक्ष राजु थापाको नेतृत्वमा बिहीबार भक्तपुरको सल्लाघारीमा विरोध प्रदर्शन भएको हो । प्रदर्शनमा तरुणहरूले ओली–भण्डारीविरुद्ध नारावाजी गर्नुका साथै रित्तो थाला ठटाएर विरोध गरिएको अध्यक्ष थापाले बताए ।
तरुणहरूले सिठ्ठी पनि फुकेर विरोध गरेका थिए । उनीहरूले प्रतिनिधि सभा भङ्ग गरेर देशको संविधान उल्लंघन गरेको भन्दै संसद पुनःस्थापनाको माग गरेका छन् ।
प्रदर्शनमा उत्रिएका तरुणहरूले प्रतिगमन मुर्दाबाद, प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मुर्दाबाद भन्ने जस्ता नारावाजी गरेका थिए ।
प्रदर्शनमा विभिन्न दलका युवा संगठनहरूको पनि समर्थन जनाएका थिए ।
ओलीको गृहजिल्ला भक्तपुरमा तरुण दलले निषेधाज्ञाको प्रवाह नगरेर ओली–भण्डारीविरुद्ध प्रदर्शन गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया