ओखलढुंगाले पायो पीसीआर मेसिनका लागि २५ लाख, मन्त्रालयद्वारा खतिवडाको आग्रह स्वीकार
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद एवम् युवा नेता रामहरि खतिवडाको विशेष पहलमा ओखलढुंग जिल्लामा कोरोनाभाइरसको परीक्षणका लागि पीसीआर मेसिन राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ लाख रुपियाँ दिएको छ ।
यो रकमबाट ओखलढुंगामा पीसीआर मेसिन राख्न पहल हुनेछ । ओखलढुंगामा पीसीआर परीक्षणका लागि जिल्ला बाहिरका प्रयोगशालामा पठाउनुपर्ने बाध्यता थियो ।
कांग्रेस नेता खतिवडाले दुई हप्ता अगाडि स्वास्थ्य सचिव लक्ष्मण अर्यालसँग मन्त्रालयमा भेट गरेर ओखलढुंगामा पीसीआर मेसिन राखिदिन अनुरोध गरेका थिए ।
ओखलढुंगा जिल्ला अस्पताल, रुम्जाटारमा पीसीआर मेसिन राखिनेछ । जिल्लाभित्रै पीसीआर मेसिन भएपछि कोरोनाभाइरसका संक्रमितको उपचार तथा रोकथाममा सहज हुनेछ ।
Published : Monday, 2021 May 24, 2:10 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया