ओली र भण्डारीले संविधान धुजाधुजा बनाएः बालकृष्ण खाण
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बालकृष्ण खाणले प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमाथि प्रहार गरेको टिप्पणी गरेका छन् ।
विघटित प्रतिनिधि सभाका नेपाली कांग्रेसका प्रमुख सचेतक समेत रहेका खाणले संविधानको संरक्षण गर्ने राष्ट्रपति भण्डारीबाटै संविधानमाथि प्रहार भएको बताए । ओलीले संविधानलाई च्यातेर धुजाधुजा बनाएको उनले आरोप लगाएका छन् ।
‘संविधानको संरक्षण गर्नुपर्ने राष्ट्रपतिबाट संविधानमाथी प्रहार । संविधानको पालना गर्नुपर्ने प्रधानमन्त्रीबाट संविधान च्यात्ने काम । नेपालको इतिहाँसमा कालो रात’, कांग्रेस नेता खाणले शनिबार राति ट्वीट गर्दै भनेका छन् ।
ओली र भण्डारी मिलेर शनिबार मध्यराति संविधान मिचेर प्रतिनिधि सभा विघटन गरेर मध्यावधी निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसले विरोध गरेको छ ।
कांग्रेसले संसद विघटन गर्ने ओली–भण्डारीको हर्कतविरुद्ध राजनीतिक र कानूनी लडाइँ लड्ने जनाइसकेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया