विपक्षी पुग्नुभन्दा पहिलानै शीतल निवासमा ओली, नयाँ सरकारमा दाबी
काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले नयाँ सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाबी पेश गरेका छन् ।
विपक्षी दलको गठबन्धनका नेताहरू शुक्रबार शीतल निवासमा पुग्नुभन्दा अगाडि नै ओलीले भण्डारीलाई भेटेर सरकारमा दाबी पेश गरेका हुन् ।
ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नयाँ सरकारका लागि प्रधानमन्त्री ओलीले दाबी पेश गरेको बताए । उनले एमालेका १२१ र जसपाका ३२ जना सांसदको समर्थनमा नयाँ सरकारमा दाबी गरिएको बताए ।
शीतलनिवासमा ओलीले भण्डारीसँग करीब ४० मिनेट भेटेर बालुवाटार फर्किएका छन् । विपक्षी दलका नेताहरू १४९ सांसदको हस्ताक्षर आफ्नो पक्षमा रहेको दावी गरेका छन् ।
Published : Friday, 2021 May 21, 4:37 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया