विदेशीका नेपालमा जन्मिएका छोराछोरीलाई ओलीले वंशजको नागरिकता दिने
काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले विदेशी नागरिकका नेपालमा जन्मिएका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय गरेको खुलासा भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विदेशी नागरिकका नेपालमा जन्मिएका छोराछोरीलाई वंशजको नागरिकता दिने निर्णय गरेको राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिएका छन् ।
ओलीले नागरिकतासम्बन्धी विधेयक मन्त्रिपरिषदबाट पारित गराएपनि अध्यादेश भने जारी गराएका छैनन् ।
‘आज बसेको मन्त्रिपरिषदको बैठकले जन्मसिद्ध प्राप्त नागरिकको सन्तानलाई बंशज नागरिकता दिने निर्णय गरेको छ’, आयोगका अध्यक्ष अन्सारीले फेसबुकमा लेखेका छन्, ‘नेपाल सरकारलाई धन्यवाद साथै लाखौ युवा अनागरिकबाट नागरिक बन्ने अवसर प्राप्त गरेकोमा हार्दिक बधाई ।’

जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई खुसी बनाउन ओलीले नेपालमा विदेशी नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय गरेको आरोप छ ।
नागरिकतासम्बन्धी विधेयक संसदमा विचाराधीन छ । नागरिकतासम्बन्धी विधेयकको अध्यादेश राष्ट्रपतिबाट बिहीबार जारी भएको छैन ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया