रुकुम जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, चार जनाको मृत्यु
परासी । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
बुधबार बस भिरबाट खस्दा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ४२ जना घाइते भएका छन् ।
काठमाडौंबाट रुकुम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस दाउन्ने भिरबाट खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी २७ वर्षीया कल्पना पुनसहितको मृत्यु भएको छ ।
घाइतेमध्ये ३५ जनाको चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा उपचार भइरहेको छ । सात जना घाइतेलाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । (फाइल तस्वीर)
Published : Wednesday, 2021 May 19, 10:12 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया