तीन महिला सांसदको पहलमा दाङमा औषधिसहित यी स्वास्थ्य सामग्री जाने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई भेटेर दाङ जिल्लाका तीन जना महिला सांसदले कोरोना संक्रमित बिरामीहरूको उपचारमा आवश्यक पर्ने औषधिलगायतका स्वास्थ्य सामग्री माग गरेका छन् ।
बुधबार स्वास्थ्य मन्त्रालयमा मन्त्री त्रिपाठीसँग सांसदहरू शान्ता चौधरी, गंगा चौधरी र कोमल ओलीले स्वाथ्य सामग्रीहरू तत्काल दाङ जिल्लामा उपब्ध गराउन माग गरेका हुन् । सांसदहरूको मागपछि मन्त्री त्रिपाठीले तीन दिनभित्र दाङमा स्वास्थ्य सामग्री र औषधिहरू पठाउने आश्वासन दिएको सांसद गंगा चौधरीले जानकारी दिएकी छिन् ।
‘दाङमा कोरोना संक्रमित बिरामीहरूले उपचार नपाएर दुःख पाउन थालेपछि स्वास्थ्य मन्त्रीलाई अनुरोध गरेर औषधि र आवश्यक स्वास्थ्य सामग्रीहरू पठाउन अनुरोध गर्न गएका हौँ’, सांसद चौधरीले भनिन्, ‘मन्त्रीज्यूले पनि तीन दिनभित्र आवश्यक स्वास्थ्य सामग्री पठाउने भन्नुभएको छ । हामीले पनि स्वास्थ्य सामग्री गएको छ वा छैन भनेर फलो गर्ने छौँ ।’
दाङ जिल्लाको लागि अक्सिजन र अक्सिजन सिलिण्ड, पीसीआर परीक्षणका लागि आवस्यक सामग्रीहरू, पीपीई सेट १ हजार थान, सेनिटाइजर ५ सय लिटर, रेम्डिसिभर ३० हजार, आईसीयू, भेन्टिलेटर, अक्सिजन अन्सनड्रेटर र कोरोनाविरुद्धको उपलब्ध गराइदिन माग गरेका हुन् ।
दाङ जिल्लामा नयाँ भेरियन्टको कोरोनाभाइरसका कारण हजारौँ सर्वसाधारण बिरामी र प्रभावित भएका छन् । उनीहरूको उपचारमा विशेष ध्यान दिन माग गर्दै तीन जना महिला सांसदहरूले जनताको जीवन बचाउन आवश्यक स्वास्थ्य सामग्री र औषधिको माग गरेका हुन् ।
स्वास्थ्यमन्त्री त्रिपाठीलाई भेटेपछि सांसदद्वय शान्ता चौधरी र गंगा चौधरी स्वास्थ्य विभाग टेकुमा पुगेर दाङमा छिटो अक्सिजन, स्वास्थ्य सामग्री र औषधिसहितको व्यवस्था गर्न दवाव दिएका छन् । विभागले पनि दाङका कोरोना संक्रमितको उपचारमा स्वास्थ्य सामग्रीहरू छिटो पठाउन सहयोग गर्ने आश्वासन दिएको सांसद चौधरीले बताइन् ।
विभागले स्टक रहेका स्वास्थ्य सामग्री पठाउन शुरु गरिने जनाएको छ । विभागले पाँच थान अक्सिजन अन्सनड्रेटर पठाउने समेत जनाएको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया