गर्ल्यमगुर्लुम्म ढल्यो ओलीको कम्युनिस्ट सरकार

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले विश्वासको मतको अपक्षा गरेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष एवम् सांसद महन्थ ठाकुरले पनि निराश बनाएका छन् ।

प्रतिनिधि सभाको विशेष बैठकमा सोमबार सम्बोधन गर्दै ठाकुरले ओलीलाई विश्वासको मत दिन नसकिने बताए । उनले आफूहरू ओलीलाई विश्वासको मत नदिएर तटस्थ बस्ने बताए ।

ओलीले ठाकुरले विश्वासको मत दिने अपेक्षा लिएका थिए । ठाकुरले पनि ओलीलाई साथ दिने बताउँदै आएका थिए । आफैले विश्वास गरेका ठाकुरले विश्वासको मत नदिएपछि ओली चिन्तामा डुबेका छन् ।

ठाकुरले विश्वासको मत नदिएर तटस्थ बस्ने औपाचारिक घोषणा गरेपछि प्रधानमन्त्री ओलीको सरकार गर्ल्याम गुर्लुुम्म ढलेको छ ।

ओलीलाई आफ्नै दल एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका सांसदहरूले पनि मतदान नगर्ने बताइसकेका छन् । नेपाल समूहले नै ओलीलाई मतदान गर्दा पनि ओलीको सरकार बच्ने सम्भावना निकै कमी छ ।

अन्तिम मतदान हुन बाँकी छ । ठाकुरले नै संसदको रोष्टममा उभिएर तटस्थ बस्ने भनेपछि ओलीलाई तनाब भएको छ ।

Published : Monday, 2021 May 10, 3:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया