ओलीका अर्का शक्तिशाली नेताले पनि नेपालाई साथ दिए
काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले विश्वासको मतका लागि संसदमा उभिएर बोल्दै गर्दा एमालेका नेता वामदेव गौतमले माधवकुमार नेपालले पार्टी विभाजन गरेर जाने अवस्थामा आफूले सहयोग गर्ने आश्वासन दिएका छन् ।
आफ्ना प्रेस सहयोगी विश्वमणि सुवेदीमार्फत सोमबार धारणा सार्वजनिक गरेर गौतमले पार्टीमा समानान्तर गतिविधि गर्ने र कमिटी बनाउनेजस्ता काममा भने आफ्नो सहमति नहुने बताए ।
‘वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेता कमरेडहरूले एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटी बनाउनेजस्ता काममा मेरो सहमति छैन’, उनले भनेका छन् ।
नेता गौतमले भनेका छन्, ‘तर यदि उहाँहरूले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।’
नेता गौतमले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई २०७५ जेठ २ मा फर्कन पनि आग्रह गरेका छन् ।
गौतमले ओलीले उक्त आग्रह स्वीकार नगरेको बताएका छन् । ओलीलाई गौतमले त्यसो भए म साथमा छैन भन्ने जानकारीसमेत दिइसकेका छन् ।
एमाले नेता माधव नेपाल पक्षका सांसदले ओलीलाई विश्वासको मत नदिने र आज प्रतिनिधि सभा बैठकमा अनुपस्थित हुने निर्णय पनि गरेका छन् । नेपाल समूहले ओलीलाई विश्वासको मत नदिने जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया