ओलीले मेलम्चीको जस जन्मदाता किशुनजीलाई होइन राजालाई दिए

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले मेलम्ची खानेपानी आयोजना राजा वीरेन्द्रले शुरु गरेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै मेलम्चीमा ओलीले राजा वीरेन्द्रको योगदान रहेको बताए ।

‘मेलम्ची खानेपानी राजा वीरेन्द्रदेखि चलेको हो । किसुनजीले बहस उठाउनुभयो’, उनले भने, ‘अहिलेको सरकारले विशेष पहलमा आयोजना पूरा गरेको हो । १७ करोड पानी ल्याइएको छ ।’

कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बनेका बेला मेलम्ची खानेपानी आयोजना शुरु गरेका थिए । भट्टराईले मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक सफा गर्छुभन्दा ओलीले नै तत्कालीन समयमा खिल्ली उडाएका थिए ।

संसदमा बोल्दा किशुनजीलाई मेलम्चीको खानेपानी आयोजनाको जस दिन आनाकानी गर्दै राजा वीरेन्द्र र आफूले जस लिएका छन् ।

Published : Monday, 2021 May 10, 2:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया