ओली सरकार ढल्नेवित्तिकै कांग्रेसले सरकारमा दाबी गर्छः खाँण

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नपाउने बताएका छन् ।

सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै खाणले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने बताए । उनले भन, ‘विश्वासको मत पाउनेमा प्रधानमन्त्री ढुक्क रहे पनि ओलीले विश्वासको मत पाउन सक्नु हुन्न । हामी ढुक्क छौँ ।’

उनले प्रस्ताव फेल भएपछि संविधानको ७६ (२) अनुसारको प्रक्रिया आह्वान हुने बताएका छन् ।

सो धारामा दुई वा दुईभन्दा बढी दलले बहुमत देखाएर प्रधानमन्त्रीमा दाबी गर्ने विषय उल्लेख छ ।

‘प्रधानमन्त्री आफैंले राख्नुभएको प्रस्ताव फेल भयो भने प्रधानमन्त्री पदमुक्त हुनुहुन्छ’, कांग्रेस प्रमुख सचेतक खाणले भने, ‘नयाँ प्रधानमन्त्री नियुक्त गर्नुपर्छ ।’

उनले भने, ‘नयाँ प्रधानमन्त्री नियुक्त गर्दाखेरी राष्ट्रपतिले धारा ७६ (२) बमोजिमको प्रक्रिया आह्वान गर्नुपर्छ । गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ ।’

खाणले राष्ट्रपतिले आह्वान गरेपछि कुन–कुन दल मिलेर बहुमत पु¥याउँछन्, त्यसपछि अघि बढ्ने कांग्रेस र माओवादी केन्द्रबीच निर्णय भएको बताए ।

Published : Monday, 2021 May 10, 1:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया