तनाबमा परेका ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
काठमाडौं । विश्वासको मत लिनुभन्दा दुई दिन अगाडि प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।
बैठक शनिबार ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा विभिन्न मन्त्रालयका विषयमा छलफल हुनेछ ।
ओलीले बैठकमा सरकारलाई कसरी बचाउने भन्नेबारेमा पनि छलफल गर्न सक्ने बताइएको छ । एक जना मन्त्रीले भने, ‘वैशाख २७ गते विश्वासको मत लिने तयारी छ । सायद त्यही विषयमा छलफल गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको हुन सक्छ ।’
सरकारले वैशाख २७ गते विश्वासको मत लिने तयारी गरेको छ । विश्वासको मत लिने अन्तिम तयारी भइरहेका बेला ओलीले मन्त्रिपरिषदको आकिस्मक बैठक बोलाएका छन् ।
Published : Saturday, 2021 May 8, 9:32 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया