देउवाद्वारा होली पर्वको शुभकामना व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले होली पर्वको अवसरमा शुभकामना दिएका छन् ।
देउवाले आइतबार विज्ञप्ति जारी गरेर हर्षोल्लासका साथ खेलिने होली पर्वको पावन अवसरमा सम्पूर्ण दिदी–बहिनी तथा दाजु–भाइमा शुभ–कामना व्यक्त गरेका हुन् ।
‘होली पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो’, देउवाले भनेका छन्, ‘अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको छ ।’
‘मुलुकमा फेरि पनि कोभिड—१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरेर भौतिक दुरी राख्दै सुरक्षित रुपमा यो पर्व मनाउन म सबैलाई आग्रह गर्दछु’, सभापति देउवाले भनेका छन् ।
उनले भनेका छन्, ‘वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस्, पुनः शुभकामना व्यक्त गर्दछु ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया