सल्यानबाट दाङ आउँदै गरेको दुर्घटना, चारजनाको मृत्यु
सल्यान । सल्यान जिल्लामा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने २१ यात्रु घाइते भएका छन् ।
रुकुम पश्चिमबाट दाङका लागि छुटेको कालिका मालिका यातायात प्रालिको ना५ख ५३१ नंको बस सोमबार त्रिवेणी गाउँपालिका–६ स्थित बैगारेखोला नजिक दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।
मृत्यु हुनेमा मुसिकोट नगरपालिका– ६ की पुष्पा खड्का केसी र सल्यान बागचौर नगरपालिका– ११ की छन्चरी विक रहेका छन् । अन्य दुईजना पुरुषको सनाखत हुन सकेको छैन ।
बस सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारका लागि दाङ र नेपालगञ्ज लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
Published : Monday, 2018 January 22, 6:25 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत