यो पोखरीमा ठोक्किएको थियो ५० हजार वर्ष अगाडि उल्कापिण्ड
नयाँदिल्ली । भारतको महाराष्ट्रस्थित लोनार पोखरीको पानीको रङ्ग परिवर्तन भएको छ ।
विशेषज्ञले यसको कारण लावणता जथा जलाशयमा उत्पन्न लेउका कारण यस्तो भएको हुनसक्ने अनुमान गरेका छन् ।
लोनार पोखरी मुम्बईभन्दा करीब ५ सय टाढा बुलढाणा जिल्लामा पर्दछ । यो पर्यटकबीच निकै लोकप्रिय छ ।
पोखरीको निर्माण करीव ५० हजार वर्षअघि धर्तीमा उल्कापिण्ड ठोक्किँदा भएको अनुमान गरिन्छ । संसारभरिका वैज्ञानिकमा पनि पोखरीमा निकै रुचि छ ।
पोखरीको पानी गुलाबी रङमा परिणत हुँदा स्थानीयका साथै प्रकृतिविद् र वैज्ञानिक पनि चकित छन् ।
पोखरीको पानी परिवर्तन भएको पहिलो घटना भने होइन । यसपटक यसको रङ स्पष्ट देख्न सकिएको छ ।
लोनार पोखरी संरक्षण एवं विकास समितिका सदस्य गजानन खराटले यो पोखरीको पानी नुनिलो भएको र यसको पिएच स्तर १०.५ भएको जानकारी दिए ।
औरंगाबादका डा.बाबासाहेब आंबेडकर मराठवाडा विश्वविद्यालयमा भूगोल विभागका प्रमुख डा. मदन सूर्यवंशीले पानीको रङ मानिसले परिवर्तन नगरेको बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया