म्यादी प्रहरी विनोद चौधरीलाई सम्झिए गाउँलेले, दिए श्रद्धाञ्जलि
तुलसीपुर । दाङमा बम विष्फोटमा परेर मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीलाई आफ्नै गाउँमा अन्तिम श्रद्धाञ्जलि दिइएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ उर्हरीमा चौधरीलाई आफन्त र गाउँलेले बिहीबार बिहान अन्तिम श्रद्धाञ्जलि दिएको रिपोर्टर्स क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मीले जानकारी दिए ।
‘प्रहरीले विनोद चौधरीलाई सम्मान दिएका छन्’, उनले भने, ‘गाउँ पूरै शोकमा डुबेको छ ।’ उनका अनुसार चौधरीको शव देखेपपछि गाउँलेहरूका आँशु पनि झरेका छन् ।
म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा बुधबार बिहान साढे दुई बजे कोहलपुरमा मृत्यु भएको थियो ।
नेपाली कांग्रेसको चुनावी सभालाई लक्षित गरेर मंगलबार बम विष्फोट हुँदा म्यादी प्रहरी चौधरीसहित ९ जना घाइते भएका थिए ।
Published : Thursday, 2017 November 30, 11:03 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत