टोरन्टो ओपनमा यानलाई स्वर्ण
काठमाडौं । क्यानडामा भएको टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा यानकुमारी चौलागाईले स्वर्ण पदक जितेकी छिन् ।
क्यानडाको टोरन्टो शहरमा भएको ५७ केजी तौलसमूहको फाइनलमा यानकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्ण जितिन् । अर्का २ राष्ट्रिय खेलाडी भने पदकविहिन रहे ।
टोरन्टोस्थित भेराइटी भिलेज एथ्लेटिक सेन्टरमा भएको खेलमा ज्ञानी चुनरा र रेजिना कार्की पदकविहिन रहे । महिला ४९ केजी तौल समूहको पहिलो खेलमै रेजिना क्यानाडाकी खेलाडीसँग पराजित भइन् ।
६२ केजीमुनि तौलसमूहमा ज्ञानी क्वुबाकी खेलाडीसँग पहिलो खेलमै स्तब्ध भएपछि पदक विहिन भइन् । च्याम्पियनसिपमा करिब १ हजार १ सय ७५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
Published : Monday, 2017 November 20, 4:28 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत