महरालाई हराउन वर्षमान मध्यराति दाङ झरे, शर्माका मान्छे लमहीमा भेला
घोराही । नेकपा (माओवादी केन्द्र)का नेता एवम् विनाविभागीय मन्त्री कृष्णबहादुर महरालाई हराउन युवा नेता वर्षमान पुन बुधबार राति दाङ झरेका छन् ।
माओवादी केन्द्रका नेता पुन बुधबार राति करिव ८ बजे दाङको घोराही आइपुगेका हुन् । दाङ क्षेत्र नं. २ बाट प्रतिनिधी सभाका उम्मेदवार महरा र युवा नेता पुनबीच सम्बन्ध राम्रो छैन । महराले पुनलाई रोल्पामा हराउन आफू निकटका व्यक्ति परिचालन गरेपछि त्यसको बदला लिन पुन दाङ झरेको स्रोतको भनाइ छ ।
महरालाई रोल्पाबाट उनै पुनले लखेटेका हुन् । वर्षमान पुन र उनकी पत्नी ओनसरी घर्तीले रोल्पा जिल्ला कब्जा गरेपछि बाध्य भएर महरा दाङ क्षेत्र नं. २ मा उम्मेदवार बनेका हुन् । महराले एमालेका शंकर पोखरेललाई प्रदेशमा घटुवा गरेर एमालेकै समर्थनमा प्रतिनिधी सभामा जितेर केन्द्रमा जाने सोँचका साथ अगाडि बढेका छन् ।
चीन निकट मानिने महरा र भारत निकट मानिने पुनबीच लामो समयदेखि माओवादी केन्द्रभित्र ठूलो अन्तरद्वन्द्व छ । राजनीतिक रुपमा महरा माओवादी नेता पुनभन्दा सिनियर हुन् । तर, महराले पुनलाई जनजाति नेता भनेर कहिल्यै पनि अगाडि बढ्न नदिएको स्रोतको भनाइ छ ।
यसअघि महराले पुनलाई मोरङ जिल्लाबाट उम्मेदवार बन्न बाध्य बनाएका थिए । मोरङमा पुनलाई हराएर माओवादीभित्र एकलौटी राज गरेका महरालाई पुनले यसपटक हराएर पाठ सिकाउने योजना बनाएको स्रोतको भनाइ छ ।
‘कृष्णबहादुर महराले वर्षमान पुनलाई जनजातिको छोरो भनेर कहिल्यै पनि अगाडि बढ्न दिनु भएन, जहिले पनि अबरोध गर्ने प्रयास गर्यो’, माओवादी केन्द्र दाङका एक नेताले भने, ‘माओवादी पार्टीभित्र बाहुनवादलाई महराले सधै बढावा दिनु भएको छ, आफ्नो व्यक्तिगत स्वार्थमा ध्यान दिनुभएको छ ।’
हुन त महरालाई हराउन पश्चिम रुकुमबाट प्रतिनिधी सभाका उम्मेदवार विनाविभागीय मन्त्री एवम् माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्माले पनि ठूलै अभियान चलाएको स्रोतको भनाइ छ । शर्मा निकट केही नेताहरू देउखुरीको लमही बजारमा आएर महरालाई हराउन विशेष योजना बनाइ रहेको एक नेताले बताए । शर्माको ससुराली लमही बजारमा पर्छ ।
महरा पनि कम्तिका छैनन् । महराले पनि नेता वर्षमान पुन र जनार्दन शर्मालाई हराउन आफू निकटका नेताहरूलाई रोल्पा र पश्चिम रुकुममा परिचालन गरेका छन् । महराले पुन र शर्मालाई हराउन षड्यन्त्र गरेपछि दाङमा महरालाई हराउन उनीहरूले खुलेआम षड्यन्त्र गरेको एक नेताले बताए ।
1 प्रतिकृया प्राप्त “महरालाई हराउन वर्षमान मध्यराति दाङ झरे, शर्माका मान्छे लमहीमा भेला”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

जस्तालाई त्यस्तै महरालाई निस्तै