प्रचण्डले पत्नी सीतालाई कुटेको रोचक प्रशंग

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले कुनै पनि हिंसा नगरेको दाबी गरेका छन् ।

शुक्रबार प्रचण्डले आफूलाई हिंस्रक नेताको रुपमा प्रस्तुत गरेकामा असन्तुष्टि जनाएपछि उनका बारेमा अनेकखालका टिकाटिप्पणी आएका हुन् ।

उनले दश वर्षको कथित जनयुद्धका बेला मृत्यु भएका १७ हजारको ज्यान लिने गरेर भएका घटनाको नाइके नै रहेका प्रचण्डको यो अभिव्यक्तिले हलचल ल्याइदिएको छ ।

शुक्रबार शमी मासिक साहित्यिक पत्रिका लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले १० वर्ष लामो जनयुद्धको नेतृत्व गरेपछि आफू हिंसात्मक क्रियाकलापमा संलग्न नभएको बताए ।

उनले भने, ‘म यस्तो विद्रोही नेता हुँ, जसले कसैलाई लपेटा हानेको पनि छैन, कसैको एक लपेटो खाएको पनि छैन ।’

उनले भने, ‘मलाई आजभोलि कयौंले हिंस्रक मान्छे, अपराधी भने जस्तो गर्दा अनौठो लाग्छ ।’

आफू सानो छँदा कसैको झगडा भयो भने ‘यसले सत्य भन्छ, यो देउताको गाई हो’, उनले भने, ‘म त्यस्तो खालको पात्र हो । तर परिस्थितिले मलाई विद्रोहको नेतृत्व गर्ने ठाउँमा र्पुयायो । नेतृत्व गरेकै पनि हो ।’

सशस्त्र विद्रोहका क्रममा भएका सबै घटनाको नैतिक जिम्मेवारी लिने उनले बताए । आफू विद्रोहलाई शान्तिमा रुपान्तरण गर्ने र लोकतान्त्रिक प्रक्रियामार्फत सामाजिक रुपन्तरणको नेतृत्व गर्ने अवसर पनि पाएको उनले सुनाए ।

पत्नी कुट्ने प्रचण्डबारे रोचक प्रशंग

प्रचण्ड दुई पटक प्रधानमन्त्री बनिसकेका छन् । सीता दाहालले नै त्यस बेला सरकार चलाएको चर्चा छ ।

कथिन जनयुद्धमा पनि उनी साथै रहिन् । टाउकोको मोल तोकिएको बेलादेखि देशका प्रधानमन्त्री हुँदासम्म प्रचण्डलाई सीताले साथ दिइन् । उनै सीतालाई प्रचण्डले पैसा दिएन भनेर ड्याम कि ड्याम कुटेको कुरा अनौठो लाग्ने रहेछ ।

२०५१ सालतिरको कुरा रहेछ। प्रचण्ड त्यतिबेला नेकपा मोटो मशालका हर्ताकर्ता । जनयुद्धको नीति पार्टीले पारित गरिसकेको। जनयुद्ध भनेर कागजमा लेखेर मात्र त भएन। हतियारदेखि अरु सामान किन्नै पर्‍ यो । त्यसका लागि पार्टीले केन्द्रीय समितिमा रहेका सदस्यहरूबाट आर्थिक सहयोग लिने निर्णय ग¥यो । पार्टीका महामन्त्री रहेका प्रचण्डको भागमा परेछ ८ हजार रुपियाँ ।

८ हजार रुपियाँ अहिले सुन्दा धेरै पैसा जस्तो लाग्दैन । त्यतिबेला धेरै नै थियो । पार्टीको निर्णयपछि अरु नेताहरूले धमाधम आफ्नो भागमा परेको पैसा बुझाउन थाले ।

प्रचण्डले पनि बुझाउनु पर्ने भयो । अनि उनले घर सल्लाह गरेछन् । ८ हजार रुपियाँ कहाँ पाउनु ! घरमा थिएन। तत्काल जुटाउन पनि सक्ने स्थिति छैन ।

हेर बूढी हाम्रो त्यो १ कट्ठा जग्गा बेचेर भए पनि पैसा त बुझाउनै पर्छ भनेर प्रचण्डले सीतालाई भने । सीताले मानिनन् । कुनै पनि हालतमा जग्गा बेच्न नदिने अडान लिइन् । प्रचण्ड चुप बसे त्यतिबेला ।

त्यतिबेला प्रचण्ड बस्थे चितवनको भीमसेन नगरमा । पार्टीका अरु सदस्यहरू पनि प्रचण्ड बसेको ठाउँ वरपर नै डेरा लिएर बस्थे । अरु नेताहरूले पैसा बुझाइसक्दा पनि पार्टी प्रमुख प्रचण्डले बुझाएका थिएनन् ।

एक दिन प्रचण्ड पत्नी सीता ग्वाँ ग्वाँ रुँदै नजिकै रहेको कमरेडहरूको डेरामा पुगिछिन् । त्यतिबेला कोठामा खम्बसिह कुँवर ‘काजिसाब’, दीपेन्द्र शर्मा र ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ थिए । पछि प्रचण्डका भाइ नारायण दाहाल र ईन्द्रविलास पौडेल पनि आइपुगेछन् ।

पैसाका लागि जग्गा बेच्न नदिने अडान राखेकी सीतालाई प्रचण्डले अरु केही नपाएपछि घरमै राखेको ठूलो खाले छाताको डाँटले ढु्ट्याएकापछि उनी रुँदै गुहार माग्न आएको प्रसंग उल्लेख गर्दै असारे काकाले लेखेका छन्, ‘हामीलाई समस्या परिहाल्यो । आफ्नो नेताको घरपरिवारको झगडा समाधान गर्नु थियो । आन्तरिक रुपमा समाधान गर्न हामी लाग्यौँ। तर यस घटनाले पार्टीपंक्तिमा निकै ठूलो तरङ्ग आयो ।’

सबै कमरेडले पैसा बुझाइसक्दा पनि आफूले दिन नसकेको र यसको कारण स्वास्नी सीता नै रहेको ठहर गर्दै यही झोँकमा प्रचण्डले सीतालाई छातैछाताले भकुरेका रहेछन् । लगातार लोग्नेको आक्रमणबाट बच्नकै लागि उम्किएर गुहार माग्न पुगेकी रहिछिन् ।

किताबमा लेखिएको छ, ‘प्रचण्ड र सीतालाई राखेर समस्या समाधान गर्ने काम भयो । त्यतिबेला मध्यस्थता गर्ने कमरेडहरूले यस कान्डमा प्रचण्डले नै अति गरेको महसुस गरे । उनीहरूको निश्कर्ष थियो आखिर पार्टीको निर्णय लागू गर्न भन्दै प्रचण्ड योस्तरमा नउत्रिन पर्थ्यो ।

सीताको जिद्दी स्वभावलाई पनि कमरेडहरूले इङ्गित गरेका थिए । सीताले पनि आफ्ना कमजोरी स्वीकार्नुपर्छ । सो जग्गामा प्रचण्डको पनि हक छ भनेर सीताले नबुझेर जिद्दी गरेकी थिइन् ।

त्यतिबेला अरु कमरेडले महामन्त्री रहेका प्रचण्डलाई भने कि नेतृत्व भएर त्यस्तो उत्तेजित हुनु हुँदैनथ्यो । अन्त्यमा यसको समाधान नेता कमरेडहरूको रोहवरमा प्रचण्ड र सीता दुवैले गल्ती स्वीकार गरी आत्मालोचना गरी टुङ्ग्याइएको थियो ।

सीताले पिटे पनि जग्गा बेच्न नदिएको भए पार्टीको निर्णय कार्यान्वयन नगरेको भनेर प्रचण्डलाई कारबाही पो हुन्थ्यो कि र यही कारण जनयुद्ध नै पो नहुन्थ्यो कि भनेर अब सोच्नु बेकार छ ।

Published : Saturday, 2019 August 10, 7:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया