सत्तारुढ नेकपाका नेता एवम् पूर्वमन्त्री पौडेलको निधन
भरतपुर, ३१ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री धनिराम पौडेल (डिआर)को हृदयघातका कारण निधन भएपछि नेताहरूले दुःख व्यक्त गरेका छन् ।
गृहजिल्ला चितवनको माडीमा रहेको घरमै नेकपाका नेता पौडेललाई शुक्रबार बिहान हृदयघातबाट निधन भएको बगौडा अस्पतालले जनाएको छ ।
घरमै हृदयघात भएपछि आफन्तले उपचारका लागि हतारहतार बघौडा अस्पताल लगेको नेकपाका नेता लीलामणि पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार पौडेलको निधन घरमै भइसकेको थियो ।
‘उहाँको हृदयघातका कारण निधन भएको हो’, उनले भने, ‘घरमै हृदयघात भएको थियो । अस्पताल पुग्नेवित्तिकै निधन भएको घोषणा गरिएको हो । हामी दुखित भएका छौँ ।’
पूर्वसांसद समेत रहेका पौडेलले शिक्षामन्त्रीको जिम्मेवारी सम्हाली सकेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया