कम्युनिस्टहरूले चुनावमा गरेकाे बाचा भुले, देशभरिका जनतालाई दिए झट्का
काठमाडौं । कम्युनिस्ट सरकारले सार्वजनिक यातायातको भाडा १२ प्रतिशतले वृद्धि गरेको छ ।
मेकानिकल पार्टस, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका कारण सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भाडामा १२ प्रतिशत वृद्धि गर्ने निर्णय सरकारले गरेको जानकारी दिए ।
सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटरसम्मको १६ रुपियाँ भाडा तिर्नुपर्ने भएको छ । यसअघि १४ रुपियाँ थियो ।
दिउँसो सार्वजनिक सवारी चढ्दा न्यूनतम १६ रुपियाँ तिर्नुपर्नेछ । रात्रिकालीन बसमा यात्रा गर्दा न्यूनतम २२ रुपियाँ भाडा तिर्नुपर्नेछ । बढेको भाडा असार १ गतेदेखि लागू हुनेछ ।
कम्युनिस्ट सरकारले यायायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरेको जनाएको छ ।
यसअघि व्यवसायीले भाडा वृद्धि माग गर्दै गर्दा दशैंअघि सरकारले सार्वजनिक सवारीको भाडा १० प्रतिशत बढाएका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया