कांग्रेसका निवर्तमान सांसद खनालले फिर्ता गरे राहदानी
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसद राजु खनालले सुविधाको कुटनीतिक राहदानी फिर्ता गरेका छन् ।
सिंहदरबारस्थित संसद सचिवालयको परराष्ट्र तथा सम्बन्धन शाखामा सोमबार पुगेर निवर्तमान सांसद खनालले राहदानी फिर्ता गरेका हुन् । खनालले ५१औँ नम्बरमा कुटनीतिक राहदानी फिर्ता गरेका हुन् ।
सुविधाको कुटनीतिक राहदानी फिर्ता गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै निवर्तमान सांसद खनालले राहदानी हराउनला भनेर समयमा संसद सचिवालयमा बुझाएको बताए ।
‘यसअघि कुटनीतिक राहदानी दुरुपयोग भएका थुप्रै उदाहरण आएका छन्’, उनले भने, ‘मैले पाएको सबै सुविधा फिर्ता गरिसकेको छु ।’
यसअघि एमालेका निवर्तमान सांसद भानुभक्त ढकालसहितकाले पनि कुटनीतिक राहदानी फिर्ता गरिसकेका छन् ।
Published : Monday, 2017 October 23, 5:59 pm
1 प्रतिकृया प्राप्त “कांग्रेसका निवर्तमान सांसद खनालले फिर्ता गरे राहदानी”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

Good job. Congrats..