झापा कांग्रेसको जिल्ला सभापतिमा हुमागाईं सर्वसम्मत निर्वाचित

दमक । नेपाली कांग्रेस झापा जिल्लाको सभापतिमा कृष्ण हुमागाईं सर्बसम्बत निर्वाचित भएका छन् ।

आइतबार झापामा सम्पन्न अधिवेशनले सभापतिमा हुमागाईंलाई सर्वसम्मत निर्वाचित गरेको निर्वाचन समितिले जनाएको छ । उपसभापतिमा कालेन्द्रप्रसाद राजबंशी सर्वसम्मत निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत झापा जिल्लाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो । अधिवेशनको उद्घाटन कार्यक्रममा नेता एनपी साउदसहितका नेताहरू सहभागी रहेका थिए ।

Published : Sunday, 2026 November 1, 8:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया